Random

Your Adsense Link 728 X 15

Recent Posts

विद्यालयले करिव ३ हजार वर्गमिटर जमनिमा ३ सय आरु बखडाका विरुवा वृक्षारोपण

Posted by onlinerolpa Saturday, February 20, 2016 0 comments
फाल्गुन ८ / रोल्पा, जिल्लाको सुदुर पश्चिमी गाविस जिनावाङ स्थिती एक विद्यालयले करिव ३ हजार वर्गमिटर विद्यालयको जमनिमा ३ सय आरु बखडाका विरुवा वृक्षारोपण गरेको छ ।

जिल्ला सदरमुकाम देखी झण्डै २७ कोष टाढा रहेको भगवति निम्न माद्यामिक विद्यालयमा विद्यालय ब्यवस्थापन समितीको आयोजना तथा स्थानिय अभिभावकहरुको सहभागितामा बृक्षारोपन गर्ने काम सम्पन्न गरिएको हो ।

विगतका वर्षहरु झै यस वर्ष विद्यालयमा कुनै न कुनै नया काम गर्ने विद्यालयको परम्परा अनुसार यस वर्ष विद्यालयमा आरु बखडा, नास्पती लगाएतका विरुवा रोपाइ गर्ने योजना रहेको विद्यालय ब्यवस्थापन समितिका सदस्य गोपाल वलीले जानकारी दिए ।

विद्यालयले बृक्षारेपनका लागि योजना वनाइ खाडल निर्माण अभिभावकहरुको श्रममा एकहप्ता अगाडि तयारी गरेको थियो । भने विरुवा बाह्र जथाक हलहले पर्यटन सुधार संस्था जिनावाङ रोल्पाले उपलब्ध गराएको थियो ।

हाल फलफूल उत्पादनमा यस क्षेत्रको सम्भावना रहेको र विद्यालयका अर्थिक सुधारमा आउदा दिनमा एकदमै राम्रो सहयोग गर्ने अभिभावकहरुको आशा रहेको जनाइएको छ ।

बृक्षारोपन कार्यक्रममा बाह्र जथाक हलहले पर्यटन सुधार संस्था जिनावाङ रोल्पाका अध्यक्ष इन्द्र बहादुर खत्री लगाएत स्थानिय झण्डै ६० जना अभिभावकहरुको सहभागिता रहेको शिक्षक विमल केसीले जानकारी दिए ।

दुर्इ दिनमा तिन दर्जन भुस्याहा कुकुर मारियो,

Posted by onlinerolpa Friday, September 12, 2014 0 comments
  रोल्पा भाद्र २७, जिल्लाको सदरमुकाम लिबाङमा कुकुरले सर्वाधारण्ा मानिसलार्इ टोक्न थालेपछि कुकुर नियन्त्रण्ा, निष्ोध एवम विस्र्थपन कार्य थालिएको छ  ।  कुकुरले तीन दिनको अवधिमा मात्रै १६ जना भन्दा बढी मानिसलार्इ टोकेपछि लिबाङ नगर व्यवथापन समितिद्धवारा कुकुरको विस्थापन कार्य थालिएको हो । यस अन्तर्ग बिहीबार र शुत्रmवार मात्र गरी सदरमुकाम लिवाङ वरिपरिका ३५ वटाभन्दा बढी भुस्याहा कुकुर मारिएको छ भने अभmै पनि यो त्रmम जारी रहेको छ । मारिएका कुकुरलार्इ जिल्ला सदरमुकाम नजिकै रहको रानीबनमा खाड्‍ल खनेर  गाड्‍ने काम गरिएको छ ।   बजार आसपास हिँडडुल गनर्े सर्वसाधारण्ालार्इ कुकुरहरुले टोकेर घाइते बनाउने क्रम बढेपछि समस्या समाधानका लागि सर्वक्ष्ाीय बैठक बसी कुकुर नियन्त्रण्ा, निष्ोध एवम विस्थापनको कार्य थालिएको नगर व्यवर्थापन समिति लिबाङका संयोजक फविन्द्र आचार्य क्ष्ाितिजले बताए । कुकुरको टोकाइबाट घाइते भएकाहरुले सदरमुकाम आसपासका मेडिकल तथा जिल्ला अस्पतालमा उपचार गराइएको छ । रेविज रोग फैलिन सक्ने भयले कुकुर नियन्त्रण्ा अभियान थालिएको हो ।

थवाङ १२औ खुलादिसामुक्त गा वि स घोषणा आज हुदै

Posted by onlinerolpa Wednesday, February 12, 2014 0 comments

टेकम ‘विवस’ वली/ फाल्गुन १/ रोल्पा जिल्लाको थवाङ गाउ विकास समितिलाइ जिल्लाको १२औ खुलादिसामुक्त गा वि स को रुपमा आज फाल्गुन १ गते ‍औपचारीक रुपमा घोषणा गरिदै छ । 

थवाङ वासीको इच्छा अनुसार जनयुद्धको बार्षिक उत्सबको अवसरमा बिषेश कार्यक्रमको आयोजना गरि खुला दिसामुक्त गा वि स घोषणा गर्न लागीएको बताइएको छ । 

जिल्लाका ५१ गाबिस मध्य हालसम्म क्रमस कोटगाउ, राङ्कोट, जुगार, खुङ्ग्री, घोडागाउ, जिनावाङ, जंकोट, ह्वामा, राङ्सी, भावाङ, कोर्चावाङ ११ बटा गाबिसहरु खुलादिसामुक्त क्षेत्र घोषणा यस अघि नै भइसकेका छन । भने ८ वटा गाबिस क्रमस इरिवाङ कुरेली खुमेल लिवाङ, अरेश, गजुल, मिझिङ बडाचौर खुला दिसामुक्त घोषणा गर्ने तायारी अबस्थामा रहेको जिल्ला खानेपानी तथा सरसफाइ सब डिभिजन कार्यालय रोल्पाले जनाइएकोछ ।

बुझिराखैा सम्मान गरैा आमाबुबाप्रति

Posted by onlinerolpa Sunday, January 19, 2014 0 comments

आफ्नै मृत्युको समाचार खण्डन गर्दै हिँडेँ

Posted by onlinerolpa Thursday, January 2, 2014 0 comments
कृष्णबहादुर महरा, एमाओवादी नेता
जागिरले मलाई खोज्यो
बाल कल्याण मावि लिबाङमा अध्यापन गर्दा २१/२२ वर्षको थिएँ । जब ०३६ सालमा महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जबाट आइएस्सी उत्तीर्ण गरेँ, रोल्पाका प्रमुख जिल्ला अधिकारी र जिल्ला शिक्षा अधिकारीले ‘तपाईं लिबाङ आएर पढाइदिनुपर्‍यो’ भनेर मलाई आग्रह गरे । मैले जागिर खोजेको थिइनँ । तर, जागिरले मलाई खोज्यो । र, म आग्रहलाई स्विकारेर लिबाङमा विज्ञान शिक्षक नियुक्ति भएँ । ०३६ सालदेखि मेरो शिक्षणयात्रा सुरु भयो ।
मेरो तह निमाविको थियो । पढाउनचाहिँ माविमा पढाउँथेँ । त्यस वेला बिएस्सी पास गरेका मान्छे रोल्पामा पाउन असम्भवप्राय: थियो । आइएस्सी गरेका पनि निकै कम थिए । त्यस वेला १० कक्षामा पढ्ने विद्यार्थी र म उस्तै–उस्तै उमेरका थियौँ । साथीजस्तो सम्बन्ध हुन्थ्यो ।

शिक्षण पेसा र राजनीति मेरो सँगसँगै सुरु भएका हुन् । सुरुको दुई/तीन वर्ष त शिक्षणभन्दा राजनीति बढीजस्तो भयो । विद्यार्थीलाई मैले यो संगठनमा लाग भनेर सिकाउँथेँ पनि । अनेरास्ववियुको सदस्यता आफँै काटेर हिँड्थेँ । विज्ञानकोठा अलग्गै थियो । म त्यहाँ बस्थेँ । कतिपय विद्यार्थीलाई त्यहीँ बोलाएर अनेरास्ववियु र नेविसंघबारे सिकाउँथेँ । अन्य शिक्षकले ‘तपाईंले अलि बढी गर्नुभयो । ४ बजेपछि वा १० बजेअगाडि गरे हुन्छ । त्यसबीचमा नगरेहुन्थ्यो’ भन्थे । हुन त विद्यार्थी कालदेखि नै राजनीतिमा आकर्षित थिएँ । ०३४/३५ सालमा नेपालगन्जमा आइएस्सी पढ्दै गर्दा राजनीतिमा आकर्षित भएको हुँ ।

मैले पढाउँदा अहिलेको हाम्रो पार्टीका युवा नेता वर्षमान पुन, नन्दकिशोर पुन, नेकपा–माओवादीका नेता नेत्रविक्रम चन्द, कुलप्रसाद केसी, जयपुरी घर्ती मेरा विद्यार्थी हुनुहुन्थ्यो । जोखबहादुर महरा, सन्तोष बुढा, सहिद किमबहादुर थापा अरू स्कुलमा पढ्नुहुन्थ्यो । कांग्रेसका रोल्पा जिल्ला सभापति कृष्णबहादर घर्ती, जिल्ला पूर्वसभापति माधव आचार्य, एमालेका अघिल्लो नेतृत्व हरि बस्नेत, राप्रपा नेपालका दलवीर पुनलाई मैले पढाएको हो । अरू थुप्रै पार्टीमा छन्, कोही व्यवसायमा छन् । पञ्चायतविरोधी आन्दोलन थियो । म पनि पञ्चायतविरोधी भएकाले विरोधीको बढी माया लाग्थ्यो । उनीहरूप्रति मेरो सहानुभूति थियो । उनीहरू जुनसुकै पार्टीका समर्थक होऊन् । हाम्रो पार्टीकालाई त राजनीति पनि सिकाएँ ।

शिक्षकबाट संसद्शिक्षक संगठन पनि त्यही वेला सुरु भयो । मैले बाह्य रूपमा शिक्षक संगठनको काम गर्न थालेँ । ०३६ सालदेखि नै आन्तरिक रूपमा कम्युनिस्ट पार्टीमा पनि जोडिएँ । पार्टीको नाम त्यो वेला नेकपामात्रै थियो । १२ वर्षजति त्यहाँ पढाएँ । त्यो बीचमा ०३८ मा जनमतसंग्रह भयो । ०३९ सालमा बिएस्सी पढ्ने मौका पाएँ, महिनामा तीन सय पाउने गरी सरकारी कोटामा । पोखरा पढ्न गएँ । त्यहाँ विद्यार्थी संगठनमा निकै सक्रिय भएँ । बिएस्सी सकाएर फेरि शिक्षक भएँ । त्यस वेला राजनीतिमा उभार कम भएको थियो । त्यसबीचमा पार्टीमा विभाजन पनि आयो । ०३८ सालमा एउटा विभाजन देखियो । एउटा नेकपा चौथो महाधिवेशन र अर्को मशाल भयो । ०४१/४२ तिर मशाल पनि मशाल र मसाल भन्ने भयो । ०४६/४७ को आन्दोलनमा निकै सक्रिय भइयो । मैले ११ वर्ष केही महिना स्थायी शिक्षण गरेँ । ०४८ सालमा संसद्मा उठ्ने भएपछि शिक्षण पेसा छोडेँ ।

०४८ सालको निर्वाचनमा म रोल्पा क्षेत्र–२ बाट निर्वाचित भएँ । निर्वाचन जित्दा ३२ वर्षको थिएँ । जिविस पूर्वसभापति भइसकेका नेपाली कांग्रेसका अमृतबहादुर घर्तीलाई पराजित गरेको थिएँ । क्षेत्र–१ मा हाम्रै पार्टीका बर्मान बुढाले बालाराम घर्तीलाई पराजित गर्नुभयो । पार्टीले नौ सिट जित्यो । हाम्रो पार्टीबाट संसद्मा म सबभन्दा कान्छो थिएँ ।

संसद् भवनमा छिर्दा यो ठूलो ठाउँ हो भन्ने लाग्थ्यो । सैद्धान्तिक रूपमा संसद् भनेको ‘खसीको टाउको झुन्ड्याएर कुकुरको मासु बेच्ने थलो हो’ भन्ने लेनिनको भनाइलाई स्पष्टसँग बुझेका थियौँ । संसद्बाट केही हुँदैन भन्ने थाहा थियो । भण्डाफोर गर्न संसद्मा जाने नीति थियो । त्यहाँभित्र हुने निर्णय हामीले हेर्‍यौँ । हाम्रो सिद्धान्त जे थियो, त्यहाँ हुने क्रियाकलापले त्यो पुष्टि हुँदै गयो । कांग्रेसको बहुमतको सरकार हुँदाहुँदै अन्तरकलह भएपछि तीन वर्षमा मध्यावधि निर्वाचन भयो ।

अनि भूमिगत भएँपार्टीले जनयुद्ध गर्ने निर्णय गर्‍यो । खुला वा भूमिगत काम गर्ने भन्ने निर्णय गर्नुपर्ने भएपछि मैले भूमिगत हुने निर्णय गरेँ । १ फागुन ०५२ देखि जनयुद्ध सुरु हुने निश्चित भयो । म माघमा भूमिगत भएँ । लिबाङबाट माडिचौर हुँदै जंकोट गएँ । पहिलो मेरो आश्रय स्थल जंकोट बन्यो । मैले घरमा पनि आउँदिनँ भनेँ । त्यस वेला हाम्रो युवाशक्ति असाध्यै क्रान्तिकारी र ऊर्जाशील थियो । विद्रोहको झन्डा बोक्न तयार थियो । निर्णयपछि जनयुद्धको घोषणा गर्न आक्रमणका लागि होलेरी छान्यौँ । त्यो वेला रुकुम र रोल्पाको विशेष क्षेत्र बनाइएको थियो । म इन्चार्ज थिएँ । रुकुममा हेमन्तप्रकाश वली र रोल्पा तेजमान घर्ती हुनुहुन्थ्यो । हामी तीनजनालाई पहिलो पुस्ता भने पनि हुन्छ । रोल्पाको डिसिएस प्रतापजी हुनुहुन्थ्यो । होलेरी आक्रमण गर्दा वर्षमान पुन ‘अनन्त’को नेतृत्वमा ३५ जना टिम बनायौँ । ओनसरी र तारा घर्ती दुईजना महिला हुुनुहुन्थ्यो । पासाङ सहायक कमान्डर हुनुहुन्थ्यो । हतियारको बन्दोबस्तसहित टोली गयो । म दार्बोटमा बसेँ । उहाँहरू आक्रमण गरेर आउनुभयो । जिल्लाभर मशाल जुलुस, फायरिङ गरेर भव्य रूपमा जनयुद्धको सुरुवात गर्‍यौँ ।

मेरो घर सदरमुकाममै छ । भूमिगत भएर हिँड्ने वेला मेरी ठूली छोरी १५/१६ की थिई । सानो छोरा सात वर्षको थियो । ठूला छोरा र छोरी आठ कक्षामा पढ्थे । सानाले दुई/तीनमा पढ्थे । उनीहरूलाई ‘चम्किलो रातो तारा’ भन्ने किताब पढाउँथेँ । चीनमा जनवादी क्रान्तिको वेला बालबालिकाले दु:ख पाएका, बाबुआमा बाँडिएका कुरा सुनाउँथेँ । प्रगतिशील गीतहरू सुन्थ्यौँ । उनीहरूलाई मैले सबै कुरा भनेको थिएँ । म चम्किलो रातो ताराको एउटा योद्धा हिँडेको जस्तैगरी जान्छु । प्रहरी आउन सक्छ, दमन गर्न सक्छ । उनीहरू सुन्थे । कतिखेर डराएजस्तो गर्थे । कतिखेर ‘ठीक छ तपाईं जानुस् हामी जसरी पनि बस्छौँ’ भनेर ढाडस दिन्थे । म हिँडिसकेपछि प्रहरीले दु:ख दिन थाल्यो । त्यसपछि कोही पनि परिवार घरमा बस्न सकेनन् ।

अर्को साउनमा मेरो पूरै परिवार घरबाट निस्कियो । ठूलो छोरा र छोरी प्रत्यक्ष रूपमा जनयुद्धमा होमिए । अर्को कुनै विकल्प थिएन । साना छोराछोरी लाग्न सक्ने अवस्थाका थिएनन् । उनीहरूलाई दाङमा केही शिक्षक साथीहरूलाई पाल्ने र पढाइदिनुपर्‍यो भनेर अनुरोध गरेँ । मान्नु भयो । मेरी पत्नी पनि त्यतै केटाकेटी हुर्काएर बसिन् । ६/७ कक्षा पढ्ने र १४/१५ वर्ष भएपछि उनीहरू हामी पनि हिँड्छौँ भनेर प्रत्यक्ष युद्धमा हिँडे । त्यसपछि चार छोराछोरी र हामी दुई गरी ६ जना नै प्रत्यक्ष युद्धमा होमियौँ । औपचारिक रूपमा मेरा छोराछोरी आठ कक्षाभन्दा बढी पढेनन् । अहिले आफ्नै मिहिनेतले पढेका छन् ।

रोल्पाको कोर्चाबाङमा पार्टीले घरेलु उद्योग खोलेको थियो । मेरी पत्नी त्यो उद्योगमा काम गर्थिन् । वेला–वेला हाम्रो परिवारको भेट हुन्थ्यो । छोराछोरीको आफ्नै ढंगले बिहे पनि भयो । छोराहरू जनसेनामा थिए । जेठी छोरी जिल्लामै काम गर्थिन् । कान्छी छोरी सांस्कृतिक फाँटमा थिइन् । भेट्दा राजनीतिक कता गइरहेको छ, युद्ध कसले जित्छ, कसरी जितिन्छ आदि विषयमा कुरा हुन्थ्यो । मैले उत्साहित पार्ने गरी कुरा गर्थें । उनीहरू सबै युद्धमा रमाएका थिए । मेरो परिवार कोही पनि युद्धभन्दा बाहिर थिएन । परिवार युद्धमा खुसी थियो । पारिवारिक कुरा पनि गथ्र्याैं । मेरा दुई छोरी र एक छोराको बिहे युद्धमै भयो । म दुवै छोरी र एक छोराको बिहेमा उपस्थित हुन पाइनँ । मेरी पत्नीचाहिँ भइन् । उनीहरूको बिहेको खबर थाहा थियो । मेरो अनुमति थियो ।

आफ्नै मृत्युको समाचार०५४ सालमा एउटा ठूलो घटना घट्यो । म बालबाल बचेँ । सल्यानको कागपानीमा भएको घटना हो । त्यहाँ मेरो अंगरक्षक कमरेडलाई गुमाएँ । उहाँसहित अन्य दुई सहयोगी पनि सहिद हुनुभयो । हामी बिहान नित्यकर्मका लागि निस्किएका थियौँ । त्यही वेला प्रहरीले घर घेरा हाल्यो । म केही साथीसहित बाहिरबाट भाग्न सफल भएँ । प्रहरीले लखेट्यो । म धेरै दौड्न सक्दिन थिएँ । खोल्सीमा लुकेर बाँचे । साथीहरूलाई अलि परसम्म लखेट्यो प्रहरीले । त्यतिखेर मसँग भएको एउटा राइफल, बन्दुक गुम्यो । सल्यानको अर्को घटना पनि भयो । बैठक बसेको ठाउँमै प्रहरीले घेरा हाल्दै छ भन्ने खबर पाएर बच्यौँ ।

जनयुद्धमा मेरोबारेमा विभिन्न प्रचार भए । गाउँ–घरको हल्ला त सामान्य नै हुन्थ्यो । ०५८ सालपछि मलाई थुप्रै ठाउँमा मारिएको हल्ला फिँजियो । दुश्मनले मलाई तीनपटकसम्म मारेको हल्ला फैलाए । अर्घाखाँचीको बाटोमा महराको लास भेटियो पनि भने । भालुबाङको जंगलमा पनि मारियो भने । मैले म मरेको छैन भनेर आफैँ वक्तव्य दिएर खण्डन गरेँ । दुश्मनले हाम्रा र मेरोविरुद्ध अनर्गल प्रचार गर्थे । टाउकोको मूल्य तोकिएको थियो ।

पहिलोचोटि सार्वजनिक०५८ साल भदौमा युद्धविराम गरेर हामी वार्ताका लागि तयार भयौँ । हाम्रो एजेन्डा र देशको शक्ति सन्तुलन अलि फरक ठाउँमा गयो । हामीले सुरु गरेको जनयुद्ध निकै छोटो समयमा सफलतातिर अगाडि बढिरहेको थियो । प्रतिक्रियावादीमाथि निकै ठूलो धावा बोलिरहेका थिए । जनतामा देशभर आक्रर्षण बढिरहेको थियो । मध्यम वर्गीय तप्का पनि आकर्षित भइरहेको थियो । अर्कोतर्फ प्रतिक्रियावादी सत्ताभित्र आतंक फैलिरहेको थियो । यो स्थितिमा संविधानसभाको मूल नारा लिएर अनि अन्तरिम सरकार र गोलमेच सम्मेलनको एजेन्डा लिएर हामी वार्ताका लागि तयार भयौँ । ती एजेन्डा लोकप्रिय पनि थिए ।

म ०४८ सालमा संसद् भइसकेको थिएँ । अरू पार्टीका धेरै नेता पनि मैले चिन्थेँ । त्यतिखेर कांग्रेसको सरकार थियो । एकपटक संसद्मा गइसकेको मान्छे भइसकेकाले मलाई अनुकूल हुनसक्थ्यो । अरू पार्टीका नेतासँग चिनजान पनि थियो । त्यही भएर पार्टीले विश्वास गरेर मलाई वार्ता टोली संयोजक बनाएर पठाएको हुन सक्छ । ०५२ देखि ०५८ सम्म भने अन्य पार्टीका नेतासँग कुनै सम्पर्क भएको थिएन ।

वार्ताका लागि पहिलोपटक काठमाडौं आउँदा म भैरहवाबाट भित्र पसेँ । वार्तामा आउने भएपछि युद्धविराम भइसकेको थियो । काठमाडौंसम्म हामी कुनै जानकारी नदिएरै आयौँ । अग्नि सापकोटा र टोपबहादुर रायमाझी वार्ता टोली सदस्य हुनुहुन्थ्यो । अग्निजी उपत्यकावरिपरि काम गर्नुहुन्थ्यो, टोपबहादुरजी बुटवलआसपास हुनुहुन्थ्यो । म दाङबाट आएको थिएँ । हामी भूमिगत भए पनि मोटरबाटै आएका थियौँ । हाम्रो भेट यहीँ भयो । कीर्तिपुरको पाँगामा सभा गर्‍यौँ । माओवादीको वार्ताटोली सार्वजनिक हुने रे भन्ने प्रचार भयो । सभाबाट सार्वजनिक भयौँ । बसाइ पनि त्यहीँ भयो । दिलीप महर्जनको घरमा बस्थ्यौँ ।

काठमाडौंमा म ०५१ सालसम्म थिएँ । सात वर्षपछि देखिँदा केही अनौठोजस्तो त भयो नै । अरू मान्छेले पनि निकै ठूलो युद्ध लडेर आएको भन्थे । धादिङको लुइटेल बुवा हुनुहुन्छ, केही समयअगाडि हामी धादिङ गएका वेला उहाँले मलाई भन्नुभयो, ‘तैँ होस् महरा † तँलाई देख्न मन लाथ्यो ।’ ९० वर्षको बूढो हुनुहुन्छ । उहाँले ‘यो काठमाडांै आउँदा दायाँबाट हान्छ कि, बायाँबाट हान्छ कि, अगाडिबाट हान्छ कि, पछाडिबाट हान्छ कि भन्ने थियो । अरू त सबै वातावरण बनाइदिएपछि आएका हुन् । सुरुमा आउने मान्छे बहादुर हुन्छ । तँ त बहादुरै होस्’ भन्नुभो ।

हेर्नेहरूको भीडपहिलोपटक सार्वजनिक हुँदा सामान्यतया नौलो अनुभूति हुन्थ्यो । सहरका मान्छेहरू के भन्ठान्थे भने यिनीहरू जंगलमा बसेका हुन् । यिनले खान पनि पाएका छैनन् । रोल्पाका त हामी गाउँघरमा नै बस्थ्यौँ । एक–दुई वर्ष हामी राति हिँड्यौँ । त्यसपछि त खुला रूपमा जनताको बीचमै बस्यौँ । सुरुमा ओडारमा पनि सुत्यौँ । त्यो अनुभूति यहाँका मान्छेलाई सुनाउँदा अचम्म मान्थे । भन्थे, ‘त्यस्तो पनि थियो र ? जनताकै बीचमा हुनुहुन्थ्यो र ?’ हामी जनताकै बीचमा थियौँ भन्ने सुनाउँदा गौरव लाग्थ्यो । कतिपयले माओवादी भन्नेबित्तिकै अर्कै मान्थे । म ट्याक्सीमा हिँड्थेँ । मेरो दाह्री थियो । एकदिन मलाई ट्याक्सीमा देखेर केटाकेटीदेखि बूढापाकासम्मले ऊ माओवादी–माओवादी भने । मलाई हेर्न धरै आए । मलाई हेर्नेहरूको भीड नै लाग्थ्यो ।

एक दिन एउटा उद्योग वाणिज्य महासंघको कार्यक्रममा मलाई अतक्र्रियामा बोलाइयो । विनोदबहादुर श्रेष्ठ अध्यक्ष हुनुहुन्थ्यो । उहाँहरूलाई मैले जनावरजस्तो, राक्षसजस्तो खतरनाक कुरा गर्छु होलाजस्तो लागेको रहेछ । तर, मैले राजनीतिक विश्लेषण गरेँ । एकजना महिलाले तपाईंले यस्तो राम्रो कुरा गर्नुहुन्छजस्तो लागेको थिएन । मेरो नातिले माओवादीलाई नछुनु होला है भन्थ्यो । तपाईंलाई भेट्दा धेरै खुसी लाग्यो भनेर हात मिलाउनुभयो । दुई–चार दिनपछिको अर्को भेटमा उहाँले ‘मेरो नातिले त तपाईंले माओवादीसँग हात मिलाउनुभाछ । साबुन पानीले हात धुनुस् भनेर भन्यो’ भन्ने सुनाउनुभयो । सहरका मान्छेमा सायद माओवादी भनेको अर्कै प्राणी हो भन्नेजस्तो थियो । माओवादीबारे केही बुझेकै थिएनन् । बिस्तारै बुझ्दै गए । माओवादी भनेको राजनीतिक शक्ति हो । माओवादी भनेको जनताको शक्ति हो भन्ने कुरा वार्ताका बीचमा सहरका जनतालाई बुझाउन सक्यौँ ।

असफल वार्ता०५८ मा हाम्रो पहिलो वार्ता काठमाडौंको गोदावरीमा भयो । दोस्रो वार्ता बर्दिया ठाकुरद्वारामा र तेस्रो पनि गोदावरीमै भयो । हामीले वार्ताका लागि सहजकर्ताको भूमिका खेल्न पद्मरत्न तुलाधर र दमननाथ ढुंगानालाई रोज्यौँ । तुलाधर पहिले पनि संसद् हुनुहुन्थ्यो । ढुंगाना ०४८ सालमा सभामुख हुनुहुन्थ्यो । उहाँले मलाई राम्रैसँग चिन्नुहुन्थ्यो । पहिले हामीले उहाँहरूसँग आफ्नो उद्देश्यबारे भन्थ्यौँ । उहाँहरूलाई साक्षी लिएर हिँड्थ्यौँ । सरकारी वार्ता टोलीका सदस्य धेरैजसो ०४८ सालका संसद् थिए । चिनेकै अनुहार थिए ।
त्यस वेला हामी एकआपसमा युद्ध लडेर आएका थियौँ । हामीले वार्तामा भेट्दा त्यस वेलाको नेपालको राजनीतिक व्यवस्थाको विरोध गर्‍यौँ । ‘तपाईंहरूको सिस्टम ठीक छैन । हामी त्यसको भण्डाफोर गर्न आएको, सरकार परिवर्तनको जिम्मा जनतालाई दिऔँ । सिस्टम फेरिदिउँ’ भन्यौँ । तपाईंहरू संविधानसभाका लागि तयार हुनुहोस् भन्थ्यौँ । उहाँहरू राज्य व्यवस्था परिवर्तन, राजतन्त्र फाल्ने कुरा गर्दा हच्किनुहुन्थ्यो । अहिले त्यतातिर नजाऔँ, शान्तिप्रक्रियामा आउनुस् भन्नुहुन्थ्यो । अनौपचारिक कुरा पनि हुन्थ्यो । हामीलाई जंगले भन्थे । जंगलमा कसरी खानुहुन्छ ? के खानुहुन्छ ? कसरी बस्नुहुन्छ ? भनेर सोध्थे । हामी जनताका बीचमा बसेका छौँ । जनताले जे दिन्छन् त्यही खान्छाँै भन्थ्यौँ ।
सरकारी वार्ताटोलीले संविधासभा सम्भव छैन भन्ने देखायो । मूल राजनीतिक एजेन्डाप्रति सरकारी टोली नकारात्मक देखियो । केवल अन्तरिम सरकारको कुरा गर्‍यो । सरकारी टोली राजतन्त्रको अन्त्य र संविधानसभाको निर्वाचन सोच्न पनि सकिँदैन भनेर आयो । मलाई शेरबहादुर देउवाले भेटेरै भने, ‘यो राजतन्त्रको अन्त्य र संविधानसभाको विषय हुँदैन । नसक्ने कुरा म कसरी सक्छु ?’ अन्तरिम सरकारमा आउनुस्, मन्त्री हुनुस् भन्थे । हामीले त्यो वेलामा गिरिजालाई भेट्यौँ । उनलाई धेरैजसो श्रीहर्ष कोइरालाको घरमा भेट्थ्यौँ । माधव नेपाल, केपी वली, नारायणमान बिजुक्छे सबैलाई भेट्यौँ । र, कुरा राख्यौँ ।

कुरा नमिल्ने थाहा थियो । तर, वार्ता हुँदैन भनेर फर्किहाल्ने कुरा भएन । त्यसोभन्दा यही थुनिन्छौँ भन्ने हामीलाई थाहा थियो । अन्तिम वार्तामा पुरानै एजेन्डामा कुरा भयो । उनीहरू गम्भीर देखिएनन् । राजनीतिक एजेन्डामा प्रवेश गर्नै चाहेनन् । हाम्रो राजनीतिक एजेन्डा मुख्य थियो । उनीहरू ‘युद्धको व्यवस्थापन गरौँ, राजनीतिक कुरा पछि गरौँला’ भन्ने उधारो कुरा गर्थे । हामीले त्यसपछि वार्ताबाट सम्भावना देखेनौँ । ५ असोजमा काठमाडौंमा भव्य सभा गर्ने योजना बनाएका थियौँ । काठमाडौंमा पाँच लाखको सभा हुन्छ भन्ने भएपछि उनीहरू आतंकित भइहाले । उनीहरूले काठमाडौं कब्जा गर्न लागे भन्ने सोचे । काठमाडौंमा नगर्नुस् भनेर अनुनयविनय गरे । सरकारले प्रतिबन्ध नै लगायो । त्यसपछि हामीले चितवनमा गर्‍यौँ । चितवनमा झन्डै चार लाख मान्छे जुटे । त्यहाँ मैले भाषण गरेँ । त्यहाँबाट आएपछि देउवालाई भेटेँ । उहाँले ‘अहो  यत्ति धेरै मान्छे । चुनावमा आउनुभयो भने देशैभरि जित्नुहुन्छ’ भनेर लोभ्याउन खोज्नुभयो । तेस्रो वार्ता गोदावरीमा सकेपछि अर्को वार्ता कहाँ र कहिले गर्ने भन्ने पछि सल्लाह गरौँला भनेर हामी हिँड्यौँ ।

फेरि भूमिगतहाम्रो संयुक्त जनपरिषद् थियो । रोल्पाको थबाङमा जनमुक्ति सेनाको भेला गर्‍यौँ । जनसत्ताको पनि गर्‍यौँ । त्यसपछि हामी अब वार्ताबाट हुँदैन भन्ने निष्कर्षमा पुगेर अलि अगाडि बढेर जानुपर्छ भन्ने भयो । त्यसपछि उच्चतम् तयारीसाथ घोराही ब्यारेकमाथि आक्रमण गरियो । त्यति वेलासम्म हामी वार्ताटोलीका तीनजना भूमिगत थिएनौँ । आक्रमणपछि हामी पनि भूमिगत भयौँ । घोराही आक्रमण गर्दा म दाङमै थिएँ ।

त्यसपछिका दिनमा राज्यसत्ता, राजनीतिक पार्टी, अन्तर्राष्ट्रिय समुदाय, मिडियासँग नियमित भेट भइरह्यो । दोस्रो वार्ताटोली पाँचजनाको थियो । त्यसको वातावरण बनाउन म र दीनानाथ शर्मा झन्डै एक महिना पहिले काठमाडौं आएर धेरै मान्छेसँग कुरा गर्‍यौँ । युद्धविराम भएको थियो । त्यसपछि बाबुरामजी आउनुभयो । आइसिसी भवनमा पत्रकार सम्मेलन गरेर हामी सार्वजनिक भयौँ । हामीले त्यसमा पाँच महिना बितायौँ । हाम्रो मूल राजनीतिक एजेन्डा संविधानसभा नै थियो । तर, उनीहरूले मानेनन् । वार्ता टोली पनि फेरिए ।

लोकेन्द्रबहादुर चन्दको सरकारका वेला बद्रीप्रसाद मण्डल, रमेशनाथ पाण्डे र नारायणसिंह पुनको वार्ता टोली थियो । पछि सूर्यबहादुर थापा प्रधानमन्त्री भए । त्यसपछि प्रकाशचन्द्र लोहनी र कमल थापा वार्ताटोलीमा थिए । उनीहरूसँग पनि कुरा भयो । त्यस वेला नेपालगन्जमा वार्ता गर्‍यौँ । त्यसपछि दाङको हापुरेमा वार्ता गर्‍यौँ । हापुरेमा वार्ता हुँदै गर्दा रामेछापको डोरम्बामा हाम्रा साथीलाई सशस्त्र प्रहरीले मार्‍यो । त्यो घटनापछि राज्य वार्ताप्रति सकारात्मक छैन भन्ने भयो । त्यसपछि ब्रेक गरेर फर्कियौँ ।

तेस्रोपटकको वार्ताका वेला धेरै कुरा गरिसकेका थियौँ । अनमिनसँग, अन्तर्राष्ट्रिय शक्तिकेन्द्रसँग पनि कुरा कुरा गरेका थियौँ । ०६० देखि ०६५ सालसम्म त मेरो काम वार्ता गर्ने नै भयो । दोस्रो वार्ता कालमा वार्ताटोलीको प्रवक्ता भएँ, भूमिगत रूपमा पार्टीको प्रवक्ता पनि भएँ । प्रवक्ताकै रूपमा कुरा गर्नुपर्ने भयो । प्राय: वार्ता भइरहन्थ्यो । धेरैजसो मान्छेसँग वार्ता भइरहन्थ्यो । त्यसकारणले सकारात्मक वातावरण बनेको थियो ।

गिरिजाप्रसाद कोइराला, कृष्ण सिटौलासँग भारतमा भेटेका थियौँ । एमालेका नेतासँग पनि भेटेका थियौँ । धेरैपटक भेटघाट भयो । अनौपचारिक वातावरण बनेको थियो । बाह्रबुँदे समझदारी पनि गोप्य रूपमै भएको थियो । त्यो समझदारीपछि जनआन्दोनल भयो । जनआन्दोलनले एउटा रूप लियो । राजा संसद् पुनस्र्थापनातिर गए । हामी संसद् पुनस्र्थापना हुनुपर्छ भन्नेमा थिएनौँ । पुनस्र्थापना भएपछि हामीलाई वार्तामा बोलाइयो । हामी वार्तामा आयौँ । त्यस वेला सुरुमा म आएको थिएँ । देव गुरुङ, दीनानाथ जी र म आएका थियौँ । हामीले एक महिना वातावरण बनायौँ । त्यसपछि अध्यक्ष प्रचण्ड, बाबुरामजीहरू आउनुभयो र वार्ता घनीभूत रूपले अगाडि बढ्यो । त्यसपछि अलिकति मूर्त रूप लिन थाल्यो । ०५८ सालको एजेन्डाले ०६३ मा मूर्त रूप लिन थाल्यो । संविधानसभामा जाने एजेन्डामा सहमति जुट्यो । र, वार्ता सफल भयो । यसबीचमा हामीले गरेका ठुल्ठूला हमलाले उनीहरूलाई पनि बाध्य बनायो । उनीहरूले जित्ने स्थिति थिएन । एउटा सम्झौताको बाटो खोज्नैपर्ने थियो । संविधानसभामा जाने तयार हुनु नै वार्ताको निष्कर्ष र सफलता हो ।

प्रस्तुति : मनोज घर्तीमगर

http://nayapatrika.com/index.php?option=com_content&view=article&id=14103:2014-01-02-03-46-13&catid=39:2011-07-03-13-23-23&Itemid=55

चुनावमा गडबडी कहाँ-कहाँ भयो ? 'रेग्मीलाई सरकार र उप्रेतीलाई आयोग जिम्मा लगाउनु दुर्भाग्य' -

Posted by onlinerolpa Tuesday, December 17, 2013 0 comments
लोकेन्द्र विष्ट मगर
मान्छेको जीवनमा जस्तै राष्ट्रको जीवनमा पनि केही रहर र केही कहरका दिनहरु आउँछन् र जान्छन् । त्यस्तै दिन हो, संविधानसभाको दोस्रो चुनाव । पहिलो संविधानसभाबाट संविधान नबनेर विघटन भएपछि पुनः दोस्रो चुनाव गरेर संविधान निर्माण गर्नु नेपालको आफ्नो ऐतिहासिक कहरको विषय हो । कहरहरु पार गर्दा रहर जस्तो सहज र सुविधायुक्त कदापि पनि हुँदैन । कहर अर्थात् बाध्यता त्यो चिज हो जसले आफ्नो अन्त्य आफैंभित्र हुर्काइरहेको हुन्छ । त्यही दौरानमा अहिले नेपाल छ । आफ्ना कहरका कहाली लाग्दा दिनहरु गुजारेर रहरका सुनौला दिनहरुतिर प्रवेश गर्न नेपाल र नेपालीले सबै खालका अप्ठ्याराहरु बेहोर्न तयार छन् । तयार छन् हर धक्का खान र धक्का दिन पनि ।
Lokendra  Bista 9.1धेरैथरि विश्वास र शंकाका द्वन्द्वग्रस्त मनस्थितिकाबीचबाट संविधानसभाको दोस्रो चुनाव सम्पन्न भयो, चुनाव हुन्छ कि हुन्न भन्ने चर्को अन्योलता चिर्दै चिर्दै । दशैं र तिहारजस्ता महत्वपूर्ण चाड-पर्वहरु छिचोल्दै, वर्षेबाली स्याहार्दै र मौसमी प्रतिकूलताहरुसँग संघर्ष गर्दै आखिर निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भयो । सरकारी र गैरसरकारी अनुगमन टोलीका अनुसार इतिहासकै सर्वाधिक बढी मत खसेको भनेर पनि भनिएको छ । जेहोस् बाहिरबाट हेर्दा राम्रै भयो । तर विवादमा फँस्यो पनि । सामान्य विवाद र आशंका हुनु त ठूलो कुरो होइन । यहाँ त अलि गम्भीर प्रकृतिकै विवाद, आशंका र गडबडी भएको देखिँदैछ । जो निम्नप्रकार छ :-
१. अन्तरिम निर्वाचन परिषद गठ :- पहिलो संविधानसभाको म्याद नथपेर विघटन गराउने आदेशात्मक निर्णय जसले गरे उनैलाई सरकारको नेतृत्वमा ल्याउनु गडबडीको पहिलो शिलान्यास थियो । राजनीतिक पार्टीको नेतृत्वमा सरकार गठन भएको भए शायद…..!  दुर्भाग्य…..!!
२. निर्वाचन आयोग :- निर्वाचन आयोगको अध्यक्षमा कुनै पार्टीका खाँटी र खारिएका कार्यकर्तालाई नियुक्त गर्नु गडबडी नं. २ को शिलाथापना हो । ने.क.पा.(एमाले) का भरपर्दा र विश्वासिला कार्यकर्ता हुन् नीलकण्ठ उप्रेती ।
३.सेना परिचालन :- चुनाव बहिस्कार, अशान्ति र जनतामा उत्पन्न भय-त्रासको पृष्ठभूमिमा दलहरुले सेना परिचालन गर्ने निर्णयमा सहमति जनाए । मतदान केन्द्रदेखि २ कि.मी. टाढा वा बाहिरी घेरामा मात्र सेना रहने भन्ने निर्णय आफैंमा नराम्रो होइन । तर सशस्त्र र जनपथ प्रहरीलाई पनि उछिनेर जब सेनाले मतपेटिका कब्जामा लियो सबभन्दा ठूलो गडबडी यहीं भयो । तेस्रो नं. को गडबडी हो यो । ब्यालेट (मतपत्र) र ब्यालेट बक्स (मतपेटीका) माथि बुलेट (बन्दुक) हावी भयो । २०३७ सालको जनमत संग्रहमा जस्तै भयो । जो निकै दुःखदायी छ । तर यसको रिमोट सरकार र निर्वाचन आयोग नै हो ।
हाम्रो (एमाओवादी)को सोझोपन, संगठनात्मक कमजोरी, मनोगतपन, असावधानी, उदारता, केही लापर्वाही, विरोधीहरुप्रति ज्यादा विश्वास, नेतृत्व जनतामा कम जानु, प्राविधिक ज्ञानको अभाव आदि जस्ता कमी कमजोरीमा टेकेर प्रक्रियागत, संरचनागत र धेरै माथिबाट धाँधली, षड्यन्त्र र सोफेस्टिकेटेड डिजाइन बुनेर हामीलाई बढारियो । हामी गतिलै एम्बुस (धराप) मा पर्‍यौं । सोझा सिधा जनताको मतको वध भयो !
गडबडी नं. ४ :- भौतिक, आर्थिक र प्राविधिक रुपमा स्किलफूल्ली बुनिएको डिजाइनले चौथो नं. को गडबडी भयो । राज्यशक्ति नै भौतिक रुपमा संलग्न रहृयो । त्यसैले नै प्राविधिक तालमेल मिलायो । आर्थिक रुपमा त बाढी नै उरालियो । त्यत्रो धन-पैसो कहाँबाट आयो ? जबकी प्रति व्यक्ति रु ६०/- देखि रु. ५० हजारसम्म वितरण गरेको पाईयो । मरेका मान्छेको नाममा पनि भोट हाले । विदेश गएकाहरुका नाममा पनि भोट हाले, हाल्न लगाए । मतदाता परिचयपत्र एमाले-काँग्रेसले कुम्लो पारेर लिए अनि घुक्र्याउँदै-धम्क्याउँदै, मतदाता परिचयपत्र र पैसा दिंदै भोट कब्जा गरे । के पो गरेनन् र !
गडबडी नं. ५ :- दुर्भाग्य ! हाम्रो पार्टी फुट्यो । पार्टी फुट पनि कुनै डिजाइनबाट त होईन ? भन्ने आशंका उब्जिएको छ । चुनाव बहिस्कारको चर्को नारा लगाउने ने.क.पा.-माओवादीका क्रान्तिकारी कमरेडहरु हाम्रो पार्टीका विरुद्ध सम्पूर्ण तागत लगाएर लाग्नुभयो । बम हान्ने, गोली हान्ने, रुख ढाल्ने, ढुंगा गुल्टाउने, हाम्रा मान्छेरुलाई भौतिक-मानसिक आक्रमण गर्नेदेखि अन्ततः काँग्रेस-एमालेलाई भोट हालेर जिताउनेसम्म गरेर गडबडी नं. पाँच पूरा भयो । हामीले भन्ने साथी साथी, साथी त बने अन्तर्घाती ! हामी र हाम्रो पार्टीलाई सँधै लागि नै रहृयो कि वैद्य पक्षीय पार्टी हाम्रो सबै भन्दा निकटतम् मित्र पार्टी हो । हिजो सँगै थियौं, आज अलग रहे पनि केही समय, भोली त आखिर सँगै हुनेछौं भन्ने अझै पनि लागिरहेकै छ । तर, हामीमाथि गम्भीर धोका भयो !!
हामी एमाओवादीहरु कम मत र सिट पायौं भनेर आत्तिएका पटक्कै छैनौं । बरु हामीलाई भित्रैदेखि मसक्कै लागेको छ कि संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता, संविधानसभा र समावेशी तथा समानुपातिक राजनीतिक प्रतिनिधित्वका हाम्रा आफ्ना मूल मुद्धाहरुको हत्या गर्न स्वदेशी, विदेशी तथा राज्यसंरचनाबाट नै तहगत र गम्भीर खालको विशेष डिजाइन बुनेर हामीलाई हराएको पक्का हो । व्यक्तिगत रुपमा मलाई यो पनि लागिरहेको छ कि देशभरिको हकमा ४० प्रतिशत हार हाम्रो आफ्नै कमीका कारण र ६० प्रतिशत हार विशेष डिजाइनबाट भएको हो ।
फेरि पनि हामी निर्मम र गम्भीर आत्मसमीक्षा गर्ने क्रममा नै छौं । विषय छ-गडबडी कहाँ कहाँ भयो ??? केही जित हुँदैमा मात्तिने, केही हार हुँदैमा आत्तिने र केही निकास नपाउँदा पनि तात्तिने प्रवृत्ति असल राजनीतिक प्रवृत्ति मानिंदैन । हामी अहिले आत्तिन र तात्तिन होइन, बरु अरु धेरै रात्तिन आवश्यक छ । यदि हामी देश, काल र परिस्थिति अनुरुप वैज्ञानिक, व्यवहारिक, जनमुखि, गाउँमुखि, सिर्जनशील र कार्यकुशल भएर जान सकेनौं भने हाम्रो अन्त्य र अन्तिम अन्त्य पक्का छ । त्यो बेला कसैले पनि रोक्न-छेक्न सक्तैन हाम्रो अन्त्यलाई । यस अर्थमा हामी ‘हारेकाहरु’ अरु रात्तिन (वा क्रान्तिकारीकरण हुन) जरुरी छ ।
इतिहासमा ठूलठूला र भयानक घटनाहरु घट्दछन् । तिनको सत्यता तुरुन्तै बाहिर विरलै आउँछ । नेपालमा घटेका कोतपर्व, भण्डारखालपर्व, दासढुंगापर्व, वीरेन्द्रको वंशनष्टपर्व, ०३७ सालको जनमत संग्रहपर्वको अहिलेसम्म पनि पूर्ण सत्यता बाहिर आएको मान्दैनन् इतिहासकारहरु र राजनीतिककर्मीहरु । त्यसैगरी २०७० साल मंसिर ४ गते सम्पन्न भएको भनिएको संविधानसभाको दोस्रो चुनावपर्वको पनि असली रुप बाहिर आउन केही समय पक्कै लाग्ला नै । तर ढीलै भएपनि आंशिक हुँदै पूर्ण सत्यता पक्कै पनि उजागर हुनेछ । जित्नेले कसरी त्यति जिते थाहा छैन ! हार्नेले कसरी त्यति हारे त्यो पनि थाहा छैन !!
त्यस्तो डिजाइन कहाँ-कहाँ र क-कसले बुने ? त्यो पनि थाहा छैन !!! जब कि सवा १३ लाख मत बढी खसेको कुराले बजार र दिमाग गर्मायो नै । त्यत्रो मतान्तर कसरी पर्‍यो ? निर्वाचन आयोगले जारी गरेको १० बुँदे निर्देशन के हो ? त्यसले भन्न र गर्न खोजेको के हो ? महिला र पुरुषको नाम र …. त्यत्तिकै जस्ताको तस्तै ल्याउने….. भनेको के हो ? हामी सबै पूर्ण विश्वासका साथ चुनावको तयारी र प्रचारप्रसारमै निमग्न भयौं / यता दुई अढाई बर्षदेखि पुनरुत्थानवादी, प्रतिगामी, यथास्थितिवादी र प्रतिक्रियावादी शक्ति र तत्वहरु ज्यान छाडेर गोप्यतम् रुपमा धाँधली, षड्यन्त्र र डिजाइनमा लागिरहेका रहेछन् । हामी भने लाटैलाट बाटैबाट आफ्नो बाटो लागिरहृयौं ।
हामीहरु अर्थात् १२ बुँदे समझदारी र विस्तृत शान्ति सम्झौताको सिंगो हिस्सालाई यसरी पाखा लगाएर के अग्रगामी संविधान बन्छ त ? विषय अरु गम्भीर बन्दै गएको छ । यो एउटा ऐतिहासिक कहरको विषय बनेको छ । चुनाव निष्पक्ष, स्वतन्त्र र धाँधलीरहित भयो भनेर गुड्डी हाँक्नेहरुले सो कुरा पुष्टि गर्न किन छानबिन गर्ने हिम्मत गर्दैनन् ? यसरी गम खाएर बस्नुले पनि गडबडी भएकै हो भन्ने मौन बयान दिएको सावित हुन्न र ???
(विष्टमगर एमाओवादी नेता हुन्)
- See more at: http://www.onlinekhabar.com/2013/12/145911/#sthash.Q702za9X.dpuf

जनावर र मानब मा के नै फरक भोर ?

Posted by onlinerolpa Monday, December 16, 2013 0 comments
जनावर र मानब मा के नै फरक भोर ?

LIVE RADIO JALJALA 96.4

अनलाइन खवर पत्रीका

सहकर्मि लिङ्कहरु